‘बोल्ड सिनलाई ईष्यु नबनाऔं’ : हेमराज विसी

फिल्म ‘दि ब्रेकअप’ को ट्रेलरमा समावेश केही बोल्ड सिनलाई लिएर चर्चा भैरहेको छ । नायक आशिरमान देशराज जोशी र नायिका शिल्पा मास्केबिचको चुम्बन अनि स्तन समाएको दृश्य कतै भल्गर त भएनन् ? भिडियो हेर्नुस् :

फिल्मको प्रोमो लञ्च कार्यक्रममा निर्देशक हेमराज विसीले यस्तै प्रश्नहरुको सामना गर्नुपर्यो । के
‘दि ब्रेकअप’ का यी दृश्य भल्गर नै हुन् त ? निर्देशक विसी भन्छन्, ‘भल्गर छ कि छैन भन्ने जजमेन्ट गर्ने क्षमता मसँग छ । मैंले फिल्ममा जे देखाएको छु, त्यसले भल्गारिटी फैंलाउँछ र हेर्न नमिल्ने खालको छ भन्ने मलाई लाग्दैन ।’ आशिरमान र शिल्पासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

यस्तै उनले फिल्मका उक्त दृश्य कलाकारको सहमतीमै खिचिएको समेत बताए । उनले थपे, ‘कलाकारले पनि आफ्नो भूमिका मात्रै निभाउनु भएको हो । यसलाई धेरै इष्यु नबनाऊँ ।’ निर्देशक विसीले ईष्यु नबनाउँ भनेपनि यतिबेला फिल्म क्षेत्रमा ‘दि ब्रेकअप’ प्रोमोमा समावेश बोल्ड दृश्यको राम्रै चर्चा छ । फिल्म फागुन १७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha