अनमोलको ‘क्याप्टेन’ मार्च १७ मा जापानमा

अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ नेपाल लगत्तै जापानमा प्रदर्शन हुने भएको छ । भुवन केसी निर्मित यो फिल्म आउँदो मार्च १७ तारिखमा टोकियोमा रिलिज हुने आयोजक संस्था डेस्टिनी क्रियशनले बताएको छ । दिवाकर भट्टराई निर्देशित नेपालमा फागुन १७ गतेका लागि प्रतिक्षारत छ ।

फिल्म क्याप्टेन फुटबल र लभ स्टोरी जनरामा आधारित छ । यही फिल्मबाट दुई नायिका उपासना सिंह ठकुरी र प्रियंका एमभीले नेपाली सिनेमा क्षेत्रमा डेब्यु गरेका छन् । अनमोल, उपसना र प्रियंकासँगै कलाकारहरु सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेल, सुर्यमाला खनाल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । भुवन र निरुतासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

सुपर काजल फिल्मस्को क्यानरमा निर्माण भएको ‘क्याप्टेन’ का लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् । सिनेमाको कथा सामिप्यराज तिमल्सिनाको हो । जिया केसी कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराज र रेनेशा वान्तवा राईको कोरियोग्राफी, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायाँकन, दिर्घ खड्काको सम्पादन रहेको छ । गीत हेर्नुस् :


फिल्म ‘क्याप्टेन’ को ‘रहर छ सँगै’ गीत रुचाएको छ भने प्रोमोले बेग्लै हाइप सृजना गरेको छ । अझ भुवन केसी, निरुता सिंह र अनमोलको नृत्य समावेश गीत ‘कर्ली कर्ली कपाल’ त प्रतिक्षारत बनिरहेको छ । प्रोमो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha