‘रुमालै छ चिनो’ को मार्मिक गित रिलिज (भिडियो)

फिल्म ’रुमालै छ चिनो’ को ’आमा नबस्नु पर्खेर’ बोलको नयाँ गित सार्वजनिक भएको छ । लोक शैलीको यस गितमा संचिता लुईंटेल, किशोर खतिवडा र शुशान्त कार्की लाई देख्न सकिन्छ । गीतमा सिपाहीले घर परिवारलाई सम्झिदाको पिडा देखाउन खोजिएको छ । बिरही कार्कीले गाएको गीतको भिडियो हेर्नुस् :

नेपाली लाउरेहरुको कथा बोल्ने यस फिल्ममा नायक सुशान्त कार्की इण्डियन लाउरेको भूमिकामा देखिएका छन् भने उनको जोडीको रुपमा नव नायिका अप्सना थापा छिन । यसभन्दा अघि यसै फिल्मको ‘ए माया’ बोलको पहिलो गित सार्वजनिक भएको थियो । कुनै बेला चर्चामा रहेको रेशम थापाको लोक गित ‘रुमालै छ चिनो’ बाट यस फिल्मको नाम राखिएको हो । जुन गीतलाई लोक शैलीमा निर्माण गरिएको थियो ।

फिल्मको कथा वस्तु सबै रेशम थापाले नै लेखेका हुन् भने फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्षमण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का, अमृता पाण्डे, शान्ति श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ज्वती फिल्मसको ब्यानरमा बनेको यस फिल्मलाई चन्द्र ब. खड्का, दिपक ढकाल र राम पाण्डेले संयुक्त रुपमा लगानी गरेका छन् । यस फिल्मलाई निर्देशन दिनेश सिंह ठकुरी गरेका हुन् । फिल्म फागुन १० देखि प्रदशनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha