दिपाश्री र सुमित बिराटनगरका सद्भावना दुत

निर्देशक दिपाश्री निरौला र गायक सुमित खड्का बिराटनगर महानगरपालीकाको सद्भावना दुतमा नियुत्त भएका छन् । आइतबार एक कार्यक्रम गर्दै महानगरपालीकाले दिपाश्री र सुमितलाई त्यहाँको दुत तोेकेको हो ।

आफ्नै गृह नगरको सद्भावना दुत भएपछि निर्देशक निरौलाले खुसी व्यक्त गरेकी छन् । ‘यो हाम्रो लागि सम्मान हो’, दिपाश्रीले भनिन्, ‘यहाँको विकास र पर्यटन प्रवद्र्धनमा हाम्रो सहयोग हुनेछ ।’ दिपाश्री र सुमित आइतबारको कार्यक्रममा सहभागी थिए । सुमित पनि विराटनगरकै हुन् । दुबैलाई बधाई !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha