निश्चलको ‘फर्गो’ ऋचा र सुरक्षाले सार्वजनिक गरे

युवा लेखक निश्चल मल्लले अंग्रेजी भाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ । मंगलबार अभिनेत्रीहरु ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डले पुस्तक संयुक्त रुपमा सार्वजनिक गरे ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै ऋचाले लेख्ने मान्छे प्रति आफ्नो मनमा श्रद्धा रहेको बताउँदै कम उमेरमै स्तरीय किताब निकालेकोमा लेखक मल्ललाई बधाइ दिइन् ।‘उन्नाइस बीस वर्षकै उमेरमा यत्तिको किताब लेख्नु साँच्चिकै प्रशंसनीय काम हो । तर, उमेर कम भएपनि किताबमा मैले परिपक्वता देखें,’उनले भनिन्, ‘यथार्थ र कल्पना शीलतालाई लेखक मल्लले मज्जाले प्रस्तुत गरेका छन् । यसको भाषा मलाई मन परेको अर्को पक्ष हो । पुस्तक पढि रहँदा मलाई धेरै ठाउँ सेक्सपियरको साहित्य पढेको आभाष भयो । उहाँ को भाषामा गज्जबको लालित्य छ ।’ पुस्तक एकै बसाइमा पढेको जानकारी गराउँदै उनले मल्लले आगामी दिन उच्च कोटिको पुस्तक नेपाली साहित्यलाई दिन सक्ने जानकारी गराइन् ।

ऋचाको भनाइसँग सहमतहुँदै अर्की अभिनेत्री सुरक्षापन्तले पनि सानो उमेरमै पुस्तक लेख्ने निश्चलको हिम्मतको प्रशंसा गरिन् । ‘लेख्ने मान्छे मलाई विशेष लाग्छन् । अझयति सानो उमेरमै लेख्ने त झनै विशेष लाग्छन् । यो हिसाबमानिश्चलले मलाई प्रभावित गरेका छन् । पुस्तक आकर्षक लागेको छ । भ्यालेन्टाइन मुखमा छ । आफ्नो डेटलाई दिन यो उत्तम गिफ्ट हुनेछ ।’ लेखक सुविन भट्टराईले निश्चललाई देखेर आफ्ना पुराना दिन याद आएको भन्दै उनलाई अभिभावकको खाँचो नहोस् भन्नलाई कार्यक्रममा आएको बताए ।

‘व्यस्तताका कारण पुस्तक पढ्न पाइँन, त्यसैले पुस्तकको गुण दोषको बारेमा म बोल्दिन । पहिलो किताब हरेक लेखकको स्पेसल हुन्छ । निश्चलका लागि पनि यो किताब स्पेसल बनोस्, शुभकामना दिन चाहान्छु । पुस्तकले राम्रो नराम्रो जेसुकै प्रतिक्रिया प्राप्त गरोस् लेख्न नछोडने सल्लाह पनि दिन चाहान्छु ।’

लेखक निश्चल मल्लले पुस्तक रोमान्स र रहस्यको सम्मिश्रण भएको बताउँदै उनले पुस्तकले नयाँ पुस्ताको प्रेमप्रतिको सोचलाई प्रस्तुतगर्ने बताए । उनले भने, ‘पुस्तकले यथार्थ भन्दा पर गएर कल्पनामा आफूले सोचे जस्तो जीवन सिर्जना गर्ने युवाको कथा पेश गरेको छ । जीवन र प्रेमलाई लिएर युवाले खेप्ने दुविधामा पनि पुस्तकमा अटाएको छ । पुस्तक पढि रहँदा नयाँ पुस्ताले पक्कै आफूलाई उपन्यासमा पाउनुहुन्छ।’

एक सय चार पेजको पुस्तकलाई बुक हिलले प्रकाशन गरेको हो । लेखकनिश्चलको यो पहिलो पुस्तकहो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha