‘गोपी सफल नहुँदा दुःखी छु’ : बिपिन कार्की


अभिनेता बिपिन कार्कीले फिल्म गोपी अन्तिम समयमा आएर खेलेका थिए । फिल्मको कथावस्तु र आफ्नो भूमिका चित्त बुझेर गोपी खेल्न राजी भएको बिपिनको भनाई थियो ।

‘प्रसाद’ बाट प्रशंसा पाएका बिपिन गोपी बाट निकै आशावादी थिए । तर बिपिनको आशा त्यतिबेला निशारामा बदलियो जब फिल्म सार्वजनिक प्रदर्शनमा सफल हुन सकेन । समिक्षात्मक रुपमा पनि गोपी अब्बल भएन । ‘गोपी’को समिक्षा र व्यापार दुवै निराशजनक भएपछि बिपिनले आफु दुःखी भएको एक प्रेसमिटमा बताएका छन् । बिपिन, बर्षा र सुरक्षासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

उनले खेल्ने नयाँ फिल्म ‘परी : उड्न देऊ’ को प्रेसमिटमा बिपिनलाई सोधियो, गोपी असफल भयो, तपाईं यस्मा के भन्नुहुन्छ ? ‘यसमा म दुःखी छु ।’ बिपिनले छोटकरीमा उत्तर दिए । फेरी सोधियो, गोपी असफलताको जिम्मा तपाईं लिनुहुन्छ कि नाईं ? ‘गोपी असफलताको जिम्मा म लिन्छु’, बिपिनले यति मात्रै भने ।

दिपेन्द्र लामा निर्देशित फिल्म ‘गोपी’ मा बिपिनसँगै नायिकाद्वय बर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका थियो । फिल्मको पटकथा सामिप्यराज तिमल्सिनाले लेखका थिए भने कार्यकारी निर्माताको रुपमा श्रीधर पौडेल थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha