‘छोरी भएको भए अनमोलसँग फिल्म खेलाउँथे’ : निरुता

अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंहले फिल्म ‘दक्षिणा’मा एकसाथ काम गरेका थिए । तुलसी घिमिरेले निर्देशन गरेको ‘दक्षिणा’ निरुताको पहिलो फिल्म थियो । पहिलो फिल्ममा आफुलाई सिनियर एक्टर केसीले निकै सहयोग गरेको निरुता बताउँछिन् । भुवन र निरुतासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

‘दक्षिणा’ पछि ‘दुनियाँ’मा बाउ छोरी भएर अभिनय गरेका भुवन र निरुता लामो समय पछि पर्दामा फर्किएका छन् । फिल्म क्याप्टेनमा भुवन र निरुता सँगै युवा स्टार अनमोल केसीले पनि नृत्य प्रस्तुत गरेका छन् । ‘कर्ली कर्ली कपाल’ बोलको गीत केही दिनमै रिलिज हुँदैछ । क्याप्टेन चाहिं फागुन १७ गते आउँदैछ ।

भुवन र निरुता यतिबेला मिडियामा छाइरहेका छन् । आफ्ना पुराना कुरा साटिरहेका छन् । यतिबेला अभिनयमा भुवनको बिंडो छोरा अनमोल केसी थामिरहेका छन् । तर निरुता भने अझै अविवाहित नै छिन् ।

तर निरुताको ईच्छा भने अर्कै रहेछ । रमाइलो छ सँगको कुराकानीमा निरुताले भनिन्, ‘यदि मेरो बिहे भएर छोरी भएको भए अनमोलसँग फिल्म खेलाउँथें ।’ निरुता आफैंले अनमोलसँग फिल्म खेलेकी छन् । कहिले बिहे गरेर छोरीको पालो आउनु ?

निरुताकै समकालिन नायिका झरण थापाकी छोरी सुहानीले भने अनमोलसँग ‘ए मेरो हजुर ३’ मा काग गरेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha