‘प्रेम दिवस’ पोस्टरमा प्रेम जोडी आयंका

प्रेम दिवसको अवसर पारेर फिल्म ‘प्रेम दिवस’ फिल्मको दुई पोस्टर सार्वजनिक गरिएको छ । एक पोस्टरमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी (आयंका) जोडीलाई देखाइएको छ भने दोस्रो पोस्टरमा प्रियंका, आयुष्मान र विशाल खरेलसँग रोमान्टिक मुडमा देखिएकी छन् ।

रोमान्टिक जनराको फिल्ममा प्रियंका, आयुष्मान र विशालका साथै हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुईटेल लगायत कलाकारको अभिनय रहेको छ । फिल्म जेठ ३ गते रिलिज हुने छ ।

योगेस घिमिरेले निर्देशन गरेको फिल्मलाई सञ्जय न्यौपानेले निर्माण गरेका हुन् । फिल्ममा प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद, मानकृष्ण महर्जनको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व, अर्जुन पोखरेल, महाराज थापा र करण सिंह कार्कीको संगीत, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha