अनुपको ‘पुरानो बुलेट’ सार्वजनिक (ट्रेलर हेर्नुस्)

फिल्म ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर

ट्रेलरमा अनुप विक्रम शाहीको बाइक स्टन देख्न सकिन्छ । फिल्ममा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई, टिका राम राई लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मको कथा, पटकथा सन्तोष राई र भिषण राईले तयार पारेका हुन् ।

भिषण राईले निर्देशन गरेको फिल्मलाई अशोक कुमार राई, टिका राम राई, विरेन र दिपेन लिम्बुले निर्माण गरेका हुन् । हरि घले लामाको छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । फिल्म चैत्र १ गते देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha