प्रेमि भनिएका आर्जनको ‘रेलिमाई २’ मा केकी (भिडियो)

‘रेलिमाई’को सफलतापछि गायक तथा मोडल आर्जनले ‘रेलिमाई २’ लिएर आएका छन् । गीतको भिडियो आइतबार रिलिज गरिएको छ । रेलिमाई सिक्वेललाई आर्जनले ’झिमिक्कै परेली’ शिर्षक दिएका छन् । मेलिना राईको फिमेल भोकल रहेको गीतमा आर्जनले नायिका केकी अधिकारीसँग जोडी बाँधेका छन् । भिडियो हेर्नुस् :

रोचक कुरा त के छ भने आर्जन र केकी प्रेम सम्बन्धमा चर्चा छ । प्रेमको गसिप मिडियामा आइरहँदा केकी र आर्जन एकसाथ भिडियोमा देखिएका हुन् । जुन कुराले आर्जन र केकीको पे्रेमलाई बल पुगेको छ । विशाल भण्डारीले निर्देशन गरेको भिडियोमा सम्पादन प्रविण श्रेष्ठको छ भने छायाँकन अर्जुन तिवारी एण्ड टिमको छ । गीतमा संगीत भने प्रतिक पौडेलले भरेका छन् ।

रेसुभिल्ला आसपासमा खिचिएको गीतको भिडियोलाई निर्देशक भण्डारीले फिल्मी शैलीमा आकर्षक बनाएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha