‘अनमोलसँग खेल्ने प्रस्ताव आएको छैन’ : साम्राज्ञी

फिल्म ‘ड्रिम्स’ मा नायक अनमोल केसी र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको जोडीलाई दर्शकले रुचाए । भुवन केसी निर्देशित फिल्म हिट भयो । साम्राज्ञी पनि हिट भइन् । तर अनमोल र साम्राज्ञी ड्रिम्स पछि दोश्रो फिल्ममा देखिएका छैनन् । किन त ? हेर्नुस् यो भिडियो :

गत शुक्रबार फिल्म ‘मारुनी’ को मुर्हतमा साम्राज्ञीले अनमोल सँग फिल्ममा नदोहोरिनुको कारण खुलाइन् । ‘मलाई र अनमोललाई लिएर फिल्म बनाउँन कसैले पनि प्रस्ताव राख्नु भएको छैन’, साम्राज्ञीले सुनाइन् । प्रस्ताव आयो भने खेल्नु हुन्छ त ? उनले भनिन्, ‘नखेल्ने भन्ने त कुरै हुँदैन । राम्रो स्क्रिप्ट आयो भने पक्कै पनि खेल्छु ।’ यस्तै उनले अनमोलको नयाँ फिल्म ‘क्याप्टेन’ को ट्रेलर पनि मन परेको प्रतिक्रिया दिइन् ।

साम्राज्ञी यतिबेला ‘मारुनी’को वर्कसपमा व्यस्त छिन् भने अनमोल फागुन १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘क्याप्टेन’ को प्रचारमा व्यस्त छन् । अनमोल र साम्राज्ञीलाई लिएर कसले बनाउँला त दोश्रो फिल्म ? अनमोल र क्याप्टेन हिरोइन उपसना सिंह ठकुरी सँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha