कर्मसँग आनाको किचकिच : ‘द म्यान फ्रम काठमाण्डौ’ गीत

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को प्रमोश्नल गीत ‘किच किच माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा फिल्मका दुई कलाकार कर्म र आना शर्मा फिचर्ड छन् । भिडियोमा यी दुइको प्रेम र झगडालाई गीतमा देखाइएको छ । भिडियो हेर्नुस् :

गीतमा शुजेन्द्र डी कार्कीको शब्द, संगीत र स्वर रहेको छ । गीतलाई सविन शाक्यले कोरियोग्राफ गरेका हुन् भने यसको निर्देशक रेनशा वान्तवा राईले गरेकी हुन् । चैत्र १ मा रिलिज हुने फिल्मलाई नेपाल पश्चात् विदेशमा प्रदर्शन गरिने निर्माता नकिम उद्दिनले बताएका छन् ।

सिरिजको रुपमा ल्याउने तयारी भइरहेको यस फिल्ममा जोसे म्यानुअल, आना शर्मा , बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha