रणवीर र आलियाको ‘गली ब्याई’ को गज्जवको कमाई

रणवीर सिंह र आलिया भट्ट स्टारर फिल्म ‘गली ब्याई’ पे्रम दिवसको अवसर पारेर रिलिज भएको थियो । फिल्मलाई दर्शकले निकै रुचाइरहेका छन् । फिल्मले व्यापार पनि गज्जवको गरिरहेको छ ।

दर्शक र समिक्षकले रुचाएसँगै गली ब्याईले बक्स अफिसमा पनि धमाका मचाएको छ । सार्वजनिक विदा नभएपनि पे्रम दिवसको फाइदा उठाउदै फिल्मले भारु.१९.४० करोडको ओपनिङ्ग गरेको छ । उक्त जानकारी तरण आर्दशले टुविटर मार्फत सार्वजनिक गरेका हुन् । फिल्मले दोस्रो दिन भारु.१३.१० करोड जम्मा गरेको छ । पहिलो दिनको भन्दा दोस्रो बजेटमा गिरावट आएको छ । तेस्रो दिन शनिबार १९.४० कलेक्सन गरेको थियो । चौथो दिन २१.३० करोड कलेक्सन गर्दै फिल्मले भारु.७२.४५ करोड जम्मा गरेको छ । छोटो समयमै फिल्म सय करोड क्लब नजिक पुगेको छ ।

यो फिल्म भारतमा ३३५० स्क्रिनमा सियर गरिएको छ । ओभरसीजमा ७५१ स्क्रिनमा रिलिज गरिएको छ । विश्वभरमा गली ब्याई ४१०१ स्क्रिनमा प्रर्दशन भइरहेको छ । जोया अख्तरले निर्देशन गरेको फिल्ममा यार्परको संर्घषलाई देखाइएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha