‘जानी नजानी’ कलाकारको क्यारेक्टर पोस्टर सार्वजनिक

फिल्म ’जानी नजानी’ को क्यारेक्टर पोस्टर सार्वजानिक भएको छ । सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकार मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यु नायिका निरिशा बस्नेतको क्यारेक्टरलाई प्रस्ट्याइएको छ । जानी नजानी आउँदो फिल्म चैत्र १ गतेदेखि रिलिज हुँदैछ ।

फिल्म जानी नजानी मा मनिषले देव, निरिशाले मीरा, सन्नीले चिराग र नम्रताले वर्षाको भूमिका निर्वाह गरेका छन् । लभ स्टोरी यो फिल्म यी वटै कलाकारको वरपर घुमेको छ, यसैले निर्माण टिमले यी चारको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।

क्यारेक्टर पोस्टरमा नामसँग ढाकालाई पनि जोडिएको छ । नेपाली पोशाकको प्रतिक मानिने ढाका र फिल्मको क्यारेक्टर एक आपसमा जोडिएको ले नै यसरि पोस्टर तयार पारिएको निर्देशक बसन्त अधिकारीले बताएका छन् । धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका अधिकारी यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको पनि अभिनय रहेको छ ।

‘मेरो टाइम र टिम सहि पर्यो त्यसैले गर्दा डेब्यु गरें’ निर्देशक अधिकारी भन्छन् ‘फिल्मले अहिलेको युवा पुस्ताको कथालाई रिलेट गर्छ साथै यसमा प्रेमसँगै दायित्व पनि छन् ।’ फिल्मका लेखन सामिप्य पनि फिल्मलाई लिएर आशावादी छन् । ‘फिल्ममा पनि प्रेमकथा मियोको रुपमा रहेको छ तर यसको दायाबायाँ राष्ट्रियता र युवापुस्ताले लिनुपर्ने जिम्मेवारीका कुरा पनि छन्’ सामिप्य भन्छन ‘फिल्मले व्यापार व्यवसायमा नयाँ पुस्ताको सोचलाई पनि प्रतिबिम्बित गर्ने प्रयास गरेको छ ।’फिल्मले मनोरञ्जनसँगै सन्देश पनि दर्शकले पाउने निर्माता रोशनीको विश्वास छ । ‘फिल्मले आधुनिक पुस्ताको प्रेम कथालाई बोकेको छ’ उनि भन्छिन ‘फिल्म मेकिङमा कुनै सम्झौता गरेका छैनौ ।’

फिल्मको छायाँकन नेपालको रमणीय स्थलसँगै भारतको मनालीमा समेत भएको छ । उनले यस अघि डाक्टर खाते फिल्म निर्माण गरिसकेकी छिन, जसले अन्तराष्ट्रियस्तरमा थुप्रै अवार्ड प्राप्त गर्नुका साथै आफ्नो उपस्थिति समेत जनाएको थियो । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ भने यसको सार्वजनिक फस्टलुक पोष्टरलाई कलर ब्लाइन्डले तयार परेको हो ।

फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha