सर्वनाममा रुपा र कृष्णको वास्तविक कथा ‘रुपाकृ’

कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘रुपाकृ’ नाटक मञ्चन भइरहेको छ । यो नाटक दुबै हात र एउटा खुट्टा करेन्टले गुमाएका कृष्ण वली र उनकी श्रीमती रुपा मगरको अन्तरजातिय प्रेम कथा तथा जीवनका उताब चढाबमा आधारित छ ।

केही समयअघि देखि यो जोडी युट्युबमा भाइरल भइरहेका छन् । करेन्ट लागेर दुवै हात खुट्टा गुमाएका कृष्णको कथालाई नाटकमा प्रस्तुत गरिएको छ । झट्ट सुन्दा कुनै काल्पनिक प्रेम कथा जस्तै लाग्ने यर्थाथलाई अहिले नाटकिय रुप दिइएको छ । सर्वनाम थिएटरमा गत सोमबारदेखि मञ्चन सुरु भएको नाटकले रुपा र कृष्णको जीवनकथालाई जीवन्त बनाइदिएको छ । कृष्ण र रुपासँग गरिएको कुराकानी हेर्नुस् :

नाटकको निर्देशन रेनुका कार्कीले गरेकी हुन् । नाटकमा सुनिशा बजगाई, सुदिप जंग कार्की, सुमन कुइकेल, लोकेस राई, नारायण ढकाल, सन्जु क्षेत्री, विपुल थापा मगर, राजिव जोशी, परि शाक्य लगायत कलाकारहरुको अभिनय रहेको छ । फागुन ६ गते देखि फागुन १२ गते सम्म साँझ ६ बजे मञ्चन हुनेछ । शनिबार अतिरिक्त शो दिउँसो १ बजे हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha