‘स्टारडमले दुई दिन मात्रै दर्शक तान्छ’: हेमराज विसी

फागुन १७ गते अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ र हेमराज विसीले निर्माण तथा निर्देशन गरेको फिल्म ‘द ब्रेकअप’ एक साथ प्रर्दशनमा आउँदैछ । दुवै फिल्म युनिट यतिबेला आ आफ्नै तवरले फिल्मको प्रचार गरिरहेका छन् । हेमराजसँग गरिएको कुराकानी हेर्नुस् :

लामो समय देखि सेलाएको फिल्म व्यापार फागुन १७ देखि हलमा दर्शकको चाप बढ्ने अनुमान गरिएको छ । यतिबेला दुवै फिल्मका फिल्मकर्मीहरु प्रचार प्रसारमा व्यस्त छन् । क्याप्टेनको प्रचार प्रसार क्रममा अनमोल केसीले ओभर फ्लो खान फिल्म जुधाउछन् भन्ने कुरा गरेका थिए । यसै कुरालाई खण्डन गर्दै हेमराज विसीले भने, ‘हाम्रो फिल्म टिमले बे्रकअपमा जति लगानी गरेको छ । कुनै फिल्मको ओभर फ्लो खाएर पुग्दैन । फागुन १७ गते मात्र नभएर फागुन चैत महिना फिल्म रिलिजको राम्रो मिति हो । हरेक हप्तामा दुईवटा फिल्म आइरहेको हुन्छ । यसलाई सामान्य नै मान्नुपर्छ ।’

पौष २७ गते रिलिज गरिने भनिएको फिल्म द ब्रेकअप पछाडी सारेर फागुन १७ गतेलाई मिति तय गरिएको हो । मिति सारेको विषयमा विसीले भने, ‘हाम्रो फिल्मको अहिले पनि पोस्ट प्रोडक्सनको काम सकिएको छैन । पौष २७ गते रिलिज गर्दा टेक्निकल काम नसकिने भएर फिल्मको मिति सारिएको हो । मैंले हरेक पटक भन्दै आएको छु, नेपाली फिल्म टेक्निकल कुरामा निकै पछाडी रहेको छ । हुन त हामीले जुन बजेट दिईरहेका छौं । त्यसमा टेक्निकल डिपार्टलाई दोषी ठहराउने कुनै बाटो छैन ।’ अनमोल र क्याप्टेन नायिका उपसना सिंह ठकुरीसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

उनले थप्दै भने, ‘यदि दुईटै फिल्म राम्रो छ भने राम्रो व्यापार गर्छ । दुई राम्रो फिल्म एक साथ आयो भने माहोल छुट्टै हुन्छ । दर्शकको ध्यान खिच्छ । मैंले कस्तो फिल्म बनाएको छु भन्ने थाहा छ । म कुनै फिल्मसँग डराउनु पर्ने अवस्था छैन । स्टारडमले शुक्रबार र शनिबार दुई दिन मात्रै दर्शक तान्छ । क्याप्टेनको सन्र्दभमा भन्नु पर्दा अनमोलको स्टारडमले दुई दिनसम्म दर्शक तान्छ । बाँकी दिनमा फिल्मले बोल्नु पर्छ । स्टारहरुको फिल्मले राम्रो व्यापार गर्न नसकेको उदाहरण पनि प्रशस्त छ, र नयाँ कलाकारहरुको फिल्मले बिस्तारै राम्रो व्यापार गरेको पनि छ ।’
अनमोल केसीले हेमराज विसीको निर्देशन रहेको फिल्म ‘होस्टल’बाट डेब्यु गरेका हुन् ।

अनमोलले विसीकै निर्देशनमा ‘जेरी’ र ‘गाजलु’ फिल्ममा अभिनय गरेका छन् । अब अनमोलको क्याप्टेन र हेमराजको दि ब्रेकअपले कस्तो व्यापार गर्लान् त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha