पलको जन्मदिनमा आँचलले लेखिन्, ‘जीन्दगी रंगिन होस्’

फागुन १० गते नायक अभिनेता पल शाहको जन्मदिन हो । उनलाई सामाजिक सञ्जालमा थुप्रै छन् । यस्तैमा नायिका आँचल शर्माले पनि पलले शुभकामना दिएकी छिन् ।

आँचलले लेखेकी छिन्, ‘जन्मदिनको शुभकामना मेरो साथी । तिमी जहिले पनि मेरो अप्ठ्यारो अवस्थामा मेरो छेउमै उभिएका छां । मलाई थाहा छ, सधै तिमी मेरो साथमा नै हुनेछौ। म तिमी भन्दा एक कल फोनको दुरीमा छु । आशा छ, तिमीले बुझ्नेछौ । तिम्रो जिन्दगी सधै नै रंगिन होस् भन्ने शुभकामना दिन चाहन्छु ।’ पल र आँचलको लामो समय देखि पे्रममा रहेको चर्चा चलिरहेको छ । तर उनीहरु एकअर्कालाई असल साथीको रुपमा चिनाउदै आएका छन् । पल र आँचलसँग गरिएको रमाइलो कुराकानी हेर्नुस :

आँप जोडीको रुपमा चर्चामा रहेका आँचल र पलले ‘नाईं न भन्नु ल ४’, ‘जोनी जेन्टल म्यान’ र ‘शत्रु गते’ फिल्ममा सँगै काम गरेका छन् । साथै उनीहरुले आधा दर्जन बढि म्युजिक भिडियोमा पनि काम गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha