१९ वर्षपछि सलमान र भन्सालीको सहकार्य

–एजेन्सी
बलिउड सपुरस्टार सलमान खान र सञ्जय लीला भन्सालीको १९ वर्षपछि सहकार्य हुने भएको छ । सलमानलाई लिएर भन्सालीले एक पे्रम कहानीमा आधारित फिल्म बनाउने भएका छन् ।

सलमानले १९४२ मा लभ स्टोरी नामक फिल्म गरेका थिए । जसको केही गीत भन्सालीले निर्देशन गरेका थिए । भन्सालीले पहिलो फिल्ममा सलमानलाई लिएर ‘खामोशी द म्युजिकल’ बनाए । फिल्म बक्स अफिसमा सफल हुन सकेन । पहिलो फिल्म असफल भएपछि भन्सालीले सलमानलाई लिएर ‘हम दिल दे चुके सनम’ बनाए जुन फिल्म सफल भयो । यो फिल्मको सेट देखिनै सलमान र ऐश्वर्या प्रेममा रहे । यसपछि विभिन्न कारणले गर्दा सलमान र भन्सालीको सहकार्य हुन सकेन ।

हालै भारतिय मिडियाका अनुसार सलमान र भन्सालीको सहकार्य हुने खबर बाहिरिएको छ । यो फिल्ममा सलमानको अपोजिट अभिनेत्री भने फाइनल भएको छैन । फिल्ममा दीपिका पादुकोण हुने चर्चा चलिरहेको छ । भन्सालीले ऐश्वर्या र दीपिकालाई लिएर धेरै फिल्म बनाएको हुँदा दीपिका हुन सक्ने अनुमान लगाइएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha