सुनिता र प्रकाशको ‘मुखैमा चिनी’, केकी र गम्भिरको मस्ती (भिडिया)

गायिका सुनिता दुलालको ‘मुखैमा चिनी’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरेको हो । श्रब्य दृश्य भिडियो दीपक जंगमले विमोचन गरेका थिए । भिडियो हेर्नुस् :

सार्वजनिक लोक गीतमा सुनिता दुलाल र प्रकाश सपूतको स्वर रहेको छ । भिडियोमा नायिका केकी अधिकारी र गम्भिर विष्ट फिचर्ड छन् । शब्द तथा संगीत गायक प्रकाश सपुतकै रहेको छ । बिबि अनुरागीले संगीत संयोजन गरेका छन् । भिडियो निर्देशन गम्भिर विष्टको रहेको छ ।

ज्ञानेन्द्र शर्माले खिचेको म्युजिक भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । यसअघि गायिका दुलाल र प्रकाशले तिहारको गीतमा सहकार्य गरेका थिए । गायिका दुलाल ‘नेपाल लोक स्टार’की निर्णायक पनि हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha