‘साइनो’ को ‘मायालुलाई जात्रैमा भेटियो’ सार्वजनिक

नेपालकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म ‘साइनो’को ‘मायालुलाई जात्रैमा भेटियो’ बोलको गीत सार्वजनिक भएको छ । जेष्ठ १० गते प्रदर्शन मिति तय गर्दै गीत सार्वजनिक गरिएको हो । गीत हेर्नुस् :

प्रताप दास र मेलिना राईको स्वर रहेको लोेक लय गीतमा नव नायक राज कुमार र नायिका मिरुना मगर फिचर्ड छन् । बसन्त सापकोटाको संगीत रहेको गीतमा चेतन कार्कीको शब्द रहेको छ । संगीत समायोजन उद्धय राज पौडेलको रहेको छ भने कोरियोग्राफी रामजी लामिछानेको रहेको छ ।

त्रिकोणात्मक प्रेमकथा आधारित फिल्ममा नीता ढुंगाना, मेरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, धमेन्द्र आचार्य, विशाल पहाडी, बसुकला मैनाली लगायत कलाकारको अभिनय रहेको छ ।

रमेश थापाले निर्देशन गरेको फिल्ममा अभिमन्यू ‘निरवी’ले फिल्मको कथा तयार पारेका हुन् । रामेश्वर कार्कीले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha