‘मारुनी’मा ‘मन मगन’ गायक दीपक बज्रचार्यको संगीत

पछिल्लो पटक ‘मन मगन’ गीत गाएर प्रशंसा बटुलिरहेका गायक दिपक बज्रचार्यले फिल्म मारुनी मा संगीत दिएका छन् । उनले पहिलो पटक नेपाली फिल्ममा संगीत दिएका हुन् ।

गायक बज्रचार्यको संगीत र स्वरमा समावेश फिल्म ‘मारुनी’को ‘जाम्न माया जाम’ बोलको गीतको रेकर्डिङ काठमाण्डौको कृपा डिजिटल स्टुडियोमा गरियो । पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा ३ वटा गीत समावेश छ । तीन मध्ये दिपक बज्रचार्यको संगीतमा एउटा गीत रहनेछ । फिल्ममा स्वर र संगीत नदिएको बारे दिपकले भने–‘मैंले धेरै पहिले फिल्मको गीतमा आवाज भरेको थिएँ । तर, फिल्ममा काम गर्न पर्याप्त समय नपाइने, निर्माताले भने अनुसार गीत बनाउनु पर्ने भएपछि मैंले यततार्फ रुची देखाइनँ ।’ तर निर्मात्री पुनम गौतमले आफुले भने अनुसार नै काम गर्ने वातावरण बनाएको कारण चलचित्रमा संगीत र स्वर दिएको बताए ।

यस्तै, निर्मात्री पुनम गौतमले भनिन्–‘मैंले दिपक बज्रचार्यजीले भनेकै जती समय दिएको थिएँ । उहाँले ६ महिना माग्नुभयो, मैंले ६ महिनामा भने जस्तो गीत चाहिन्छ भनेपछि उहाँ काम गर्न तयार हुनुभएको हो । अहिले फाइनल गीत सुन्दा खुशी लागेको छ ।’ गायक बज्रचार्यले सरल शब्दमा गीत तयार गर्दा दर्शकको मुखमा झुन्डिन्छ भन्ने आफुले वुझेको बताए । ‘मारुनी’ मुर्हतको भिडियो हेर्नुस् :

यो गीतमा रिक्की शाक्यको शब्द, फिरोज बज्रचार्यको मिक्सिङ र मोहित मुनालको एरेन्जमेन्ट रहेको छ । यो गीतको भिडियोमा फिल्मका मुख्य पात्र पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचरिङ गरिनेछ ।

फागुणको १८ गतेबाट छायांकन सुरु गर्न लागिएको फिल्मलाई आउँदो बर्षको भदौ १३ गते रिलिज गर्ने पक्का गरिएको छ । मारुनी लाई नवल नेपालले निर्देशन गर्दैछन् । फिल्ममा साम्राज्ञी र पुष्पसँगै नायिका रेविका गुरुंगको पनि मुख्य भूमिका रहनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha