‘दि म्यान फ्रम काठमाडौं’ मा रोहित जोनको स्वर

फिल्म ‘दि म्यान फ्रम काठमाडौं’को शिर्ष गीत सार्वजनिक गरिएको छ । १९७४ एडी ब्याण्डले तयार पारेको ‘काठमाडौं’ बोलको गीतमा रोहित जंग क्षेत्रीकाको शब्द, संगीत तथा स्वर रहेको छ । गीत हेर्नुस् :

सार्वजनिक गीतमा मुख्य कलाकारहरुका साथै ब्याण्ड सदस्यहरुलाई पनि स्थान दिइएको छ । फिल्मको शिर्ष गीतले काठमाडौंको कथा व्याथा बोल्ने निर्माण टिमको भनाई छ । ’दि म्यान फ्रम काठमाडौ’ नेपालमा पहिलो पटक अंग्रेजी र नेपाली दुवै भाषमा निर्माण भएको फिल्म हो । यो फिल्मको नेपालको काठमाडौको साथै अमेरिकाका समेत छायांकन गरिएको छ । यो फिल्मको सम्पुर्ण बजेट चार करोड बढी रहेको निर्माता नकिम उद्धिनले बताए ।

निर्देशक पेमासँगै नकिम उद्धिनको निर्माण बनेको सिनेमामा जोसे मानुइल र अभिनेत्री आना शमार्, चर्चित भारतिय कलाकार गुल्सन ग्रोबर पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार नीर शाह, कर्मा शाक्य, मिथिला शर्मा, शिशिर बाङ्देल, सुनिता ठाकुर, परमिता आर एल राना अभिनयमा छन् ।

‘दि म्यान फ्रम काठमाडौं’लाई कार्लोस मेडिनाले खिचेका हुन् । नेपालसँगै हलिउड, बलिउड र पाकिस्तानी कलाकारको समिश्रण रहेको सिनेमालाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् । योसँगै ‘दि म्यान फ्रम काठमाडौं’को नयाँ एक्सन ट्रेलर पनि सार्वजनिक गरिएको थियो । फिल्म चैत १ गतेदेखि रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha