कन्फर्म : दिनेश राउत ‘मेरो एउटा साथी छ २’ को निर्देशक

लभ स्टोरी फिल्म ‘मेरो एउटा साथी छ’को सिक्वेल भन्ने भएको छ । सुदर्शन थापाले निर्देशन गरेको फिल्मको सिक्वेलमा दिनेश राउतले निर्देशनको जिम्मा लिएका छन् ।

फिल्म निर्माण कम्पनी आइकोर ब्यानर र निर्देशक राउतबिच यसै साता सम्झौता भएको हो । झण्डै एक दशक अघि बनेको सुपरहिट फिल्मको सिक्वेलमा कलाकार भने फाइनल भएका छैनन । प्राप्त जानकारी अनुसार यो फिल्ममा पुराना कलाकार दोहोरिने सम्भावना निकै कम रहेको छ । ‘मेरो एउटा साथी छ’मा नम्रता श्रेष्ठ, आर्यन सिक्देल, जीवन लुईंटेल, दयाहाङ राई, सविन श्रेष्ठ, सुस्मा कार्की,जेनिशा मोक्तान लगायत कलाकारको अभिनय रहेको थियो । करिब डेढ करोड बजेटमा बनेको यो फिल्मले राम्रो व्यापार गरेको थियो ।

मेरो एउटा साथी छ को मुख्य भूमिकामा को होला त ? निर्देशक राउत र फिल्म निर्माण कम्पनीले यो रहस्यलाई गोप्य नै राखेका छन् । तर ए मेरो एउटा साथी छ २ मा आइकोरले लञ्च गरेको नयाँ हिरो धिरज मगर हुन सक्ने धेरैको अनुमान छ । यो सँगै नायिकामा नम्रता श्रेष्ठ दोहोरिन सक्न सम्भावनालाई पनि नकार्न सकिन्न । किनकी निर्देशक दिनेश राउतले आफुले निर्देशन गरेको एउटा बाहेक सबै फिल्ममा नम्रता छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha