३२ लागिन् प्रियंका, सामाजिक सेवामा पनि सक्रियता

नायिका प्रियंका कार्की ३२ वर्षमा प्रवेश गरेकी छन् । फागुन १५ गते बुधबार परेको ३२ औं जन्म प्रियंकाले प्रेमी, परिवार र मिडियासँग मनाइन् । हेर्नुस् रमाइलो छ सँग प्रियंकाको जन्मदिन :

भनिन, ‘म जन्म दिन भन्दा पनि जन्म महिना मनाउँछु । फेब्रुअरी महिनामा म आफुले आफैलाई राजकुमारी ठान्छु । सबैसँग केहि नकेहि गिफ्ट माग्छु । त्यसैले मलाई सबैजना जिद्धी छे भन्छन’, प्रियंकाले भनिन् । उनले मध्यरातमै प्रेमी आयुष्मान देशराज जोशीसँग पहिलो केक काटेर जन्म दिनको सुरुवात गरिन् । उनले जन्म दिनमा निकै खुशी देखिएकी थिइन । उनको खुशीको कारण राम्रो काम गरिरहेको बताइन । उनले भनिन्, ‘यसै वर्ष देखि समाजिक कार्यमा सक्रिय भएका छौं । जिम्मेवारी थपिएको छ । आउँदो असारमा विवाह पनि गर्दै छु । मेरो लागि काम जहिलै पहिलो प्राथमिकता हो ।’

आयुष्मान र प्रियंका महिनावारी स्वच्छता दूतमा नियुक्त भएका छन् । आयंका फाउण्डेशन स्थापना गरेर उनीहरु सामाजिक सेवामा लागेका हुन् । प्रियंका र आयुष्मानले पछिल्लो पटक फिल्म ‘प्रेम दिवस’मा सँगै काम गरेका छन् । फिल्म क्षेत्रकी सफल र सबैकी प्रिय नायिका प्रियंका कार्कीलाई जन्मदिनको शुभकामना !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha