मल्टिप्लेक्समा ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’को शो बाँडियो

यही शुक्रबार देखि प्रर्दशन हुने दुई नेपाली फिल्म ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ को मल्टिप्लेक्समा टिकट बुकिङ खुल्ला गरिएको छ । अन्य हिन्दी फिल्म बीच शो बाडफाँड हुँदा नयाँ रिलिज हुने नेपाली फिल्ममा उच्च शो संख्या पाउन सकेनन् ।

क्युएफएक्स सिनेमामा ‘क्याप्टेन’ले १६ शो पाएको छ । त्यसैगरी ‘दि ब्रेकअप’ले १० शो पाएको छ भने बलिउड फिल्म लुक्का छिप्पीले ५ शो पाएको छ । अनमोल केसी अभिनित फिल्म क्याप्टेनको हाइप निकै उच्च रहेको छ । फिल्मको ट्रेलर र सार्वजनिक दुवै गीतलाई दर्शकले निकै रुचाएका छन् । यति धेरै फिल्मको प्रसंशा हुदाँ पनि शो भने तुलनात्मक रुपमा निकै कम पाएको छ । यस्तै कमलपोखरीको बिग मुभिजमा ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ ले क्रमशः पाँच र तीन शो पाएका छन् । दरबारमार्गको क्युज हलमा ‘क्याप्टेन’को चार र ‘दि ब्रेकअप’को दुई शो छ । अनमोल र उपासनासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

आशिरमान देशराज जोशी अभिनित फिल्म ‘दि ब्रेकअप’को ‘आज हाम्रो भेट भाको दिन’ रिमेक गीतलाई दर्शकले रुचाएका छन् । ट्रेलरले पनि सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । तर दुई ठूला फिल्म एक साथ आउँदा शो बाँडिएको छ । यद्पी बलिउड फिल्मलाई भन्दा नेपाली फिल्मलाई नै प्राथमिकता दिईएको छ । नयाँ रिलिज बलिउड फिल्मले ५ शो मात्र पाएको छ । आशिरमान, शिल्पा र ईच्छासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

तर बलिउडै कमेडी फिल्म ‘टोटल धमाल’ले दोश्रो सातामा पनि मल्टिप्लेक्समा राम्रो शो संख्या पाएको छ । क्युएफएक्स अन्र्तगतका हलमा यो फिल्मले १२ शो संख्या पाएको छ । यस्तै ‘गोली व्वया’ले ५ र नेपाली फिल्म ‘बुलबुल’ दुई शोमा सिमित छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha