सलिनमानको ‘यात्रा’ मा ‘चट्ट रुमाल’ को रिमेक

फिल्म ’आफ्नो मान्छे’ मा समावेश गीत ’चट्ट रुमाल’ लाई दर्शकले यात्रामा पनि हेर्न पाउने भएका छन् । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहको नृत्य रहेको निकै चर्चित यसगीतलाई रि (एरेन्ज गरेर फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ राखिएको छ । आउँदो चैत्र २९ मा रिलिज हुने फिल्ममा समावेश गीतको केहि तस्वीर सार्वजनिक गर्दै निर्माण टिमले गीत रहेको प्रस्ट्याएको छ ।

सञ्चारकर्मी बाबुराम दाहालको शब्द रचनामा तयार गीतमा संगीत शम्भुजित बास्कोटाको रहेको छ भने यसमा शम्भुजित र साधना सरगमले स्वर दिएका थिए । रि एरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् भने यसलाई राजन इशानले रिएरेन्ज गरेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफ गरेका छन् । गीतमा राइजिङस्टार सलिनमान बनियाँ , सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत, जान्हवि बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा लगायत फिचर्ड छन् ।

गीत केहि समय अगाडी नै छायाँकन गरिएता पनि निर्माण पक्ष यसबारे केहि जानकारी गराएको थिएन । फिल्ममा सुहाउँदो स्थान भएकाले गीतलाई राखिएको निर्माता केशव भट्टराईले बताएका छन् । उनि फिल्म यात्राका निर्माता मध्यका एक हुन् भने आफ्नो मान्छेमा पनि उनि निर्माता थिए । गीतमा कलाकारहरु रेगुलर भन्दा केहि फरक ड्रेसमा देखिएका छन् । गीतलाई झन्डै ४ दिन लगाएर छायांकन गरिएको थियो । निकै चर्चित गीतलाई फिल्मले नयाँ पुस्तामा लाग्ने विश्वास सलिनको छ ।
फिल्ममा सलिन भ्ल्गिस्टको भूमिकामा छन् । फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका छन् । दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइकाम गरेको फिल्महरु के यो मायाहो , मेरो लभ स्टोरी , कोहि मेरो , नोभेम्बर रेन , होमवर्क , छक्का पञ्जा , ऐश्वर्य , कृ लगायत चर्चामा थिए ।

फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै््िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha