‘आश गरे जस्तो ओपनिङ्ग भएन’: हेमराज विसी

यो शुक्रबार देखि दुई आशा गरिएका फिल्म ‘दि ब्रेकअप’ र ‘क्याप्टेन’ प्रर्दशनमा आएका छन् । फागुन १७ गते हलमा दर्शकको भिड लाग्छ भन्ने आशा थियो । के आशा गरे जस्तै दुई फिल्मले शुक्रबार दर्शकलाई हलमा आकर्षण गरे त ?

फिल्म ‘दि ब्रेकअप’ का निर्देशक तथा निर्माता हेमराज विसी फिल्मको ओपनिङप्रति सन्तुष्ट देखिएनन् । शुक्रबार कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रेश शोपछि उनले भने, ‘हामीले आशा गरेको जस्तो ओपनिङ्ग भएन । आजको ओपनिङ्ग हेर्दा नेपाली फिल्मप्रति दर्शकहरु उत्साहित हुनुहुन्छ जस्तो लागेन । जतिले हेर्नु भएको छ उहाँहरुले राम्रै प्रतिक्रिया दिनु भएको छ । हेरौं अब कस्तो व्यापार गर्छ ।’ हेमराजसँग गरिएको कुराकानी हेर्नुस् :

उनले थप्दै भने, ‘आशा गरिएको दुवै फिल्म नचल्नुमा नेपाली फिल्मप्रति दर्शक निराश भएको हुनुपर्छ । केहि महिना देखि हलमा राम्रो फिल्म चलेको छैन । त्यसैले पनि दर्शकहरु कस्तो प्रतिक्रिया आउँछ भनेर कुरेर बस्नु भएको हुन सक्छ ।’ ‘दि ब्रेकअप’लाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिले फिल्मलाई राम्रो भनेका छन् भने कतिले सोचे जस्तो नभएको बताएका छन् ।

हेमराज विसीले निर्देशन गरेको फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, ईच्छा कार्की, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । कथा, पटकथा निर्देशक विसीकै रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha