दिपा र जितुको मृगौला पिडितलाई आर्थिक सहयोग

हाँस्य व्यांग्य कलाकार जितु नेपाल मुन्द्रेले सिन्धुपाल्चोक घर भएका मृगौला पिडित आशिष धमलालाई आर्थिक सहयोग गरेका छन् । घरजग्गा विहिन २२ वर्षिय आशिषलाई जितुले व्यक्तिगत २५ हजार रुपयौँ सहयोग गरेका हुन् ।

जितु नेपालको औपचारिक युटुव च्यानल जितु कमेडी मार्फत सहयोग रकम हस्तान्तरण गरिएको जानकारी दिए । जितुको सामाजिक कार्यमा साथ दिदै निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको तर्फबाट नगद १० हजार रुपैँया तथा गायक ताराप्रकाश लिम्बुको तर्फबाट ५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो ।

शुक्रबार जितुले नेपाल र दीपाश्री निरौलाले उक्त रकम प्रदान गरे । युवा अवस्थामा दुवै मृगौला फेल भएपछि आफुलाई बचाउन उनले सहयोको याचना गरेका थिए । उनको दयानिय अवस्था देखेर आफुहरुले सक्दोे रकम सहयोग गरेको जितुले बताए । आशिषका बुवा हाल वैदेशिक रोजगारिको शिलशिलमा दुवाईमा सुरक्षा गार्डको रुपमा कार्यरत छन् ।

यस अघि जितु नेपाल सहित छक्का पञ्जा टिमले एक मृगौला पिडित जय बहादुरलाई ७५ हजार सहयोग रकम प्रदान गरेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha