अनमोलको ‘क्याप्टेन’ शनिबार देशैभर आक्रमक

युवा स्टार अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ ले शनिबार आक्रमक व्यापार गर्न सफल भएको छ । वितरक मनोज राठीले शनिबार क्याप्टेन सबैतिर हाउसफूल रहेको जानकारी दिए । अनमोल गोपिकृष्ण हलमा पुग्दाको यो दृश्य हेर्नुस् :

वितरक राठीका अनुसार अनमोलको छैठौं फिल्म ‘क्याप्टेन’ले शनिबार मात्रै एक करोड पच्चीस लाखको ग्रस व्यापार गर्नेछ । ‘साँझको शोसम्म शनिबार एक करोड पच्चीस लाखको ग्रस कलेक्सन हुन सक्छ । आज देशैभर हाउसफूलको व्यापार छ’, राठीले भने । दर्शकले ‘क्याप्टेन’लाई सकारात्मक प्रतिक्रिया दिएकाले आगामी दिनमा पनि दर्शकको चाप उच्च नै रहने वितरक राठीले आशा व्यक्त गरे ।

अर्को तर्फ सोमबार परेको शिवरात्रीको सार्वजनिक बिदाको प्रत्यक्ष फाइदा पनि ‘क्याप्टेन’ लाई पुग्ने देखिएको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार भने फिल्मले ६५ लाख जतिको ग्रस कारोबार गरेको वितरक राठी बताउँछन् । अनमोल शनिबार चावाहिलस्थित गोपिकृष्ण हल र गोगंबुको अष्टनारण हलमा दर्शकसँग साक्षत्कार गर्न पुगेका थिए ।

दिवाकर भट्टराई निर्देशित फिल्म फुटबल खेल र पारिवारिक प्रेम कथामा आधारित छ । फिल्ममा अनमोल सँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, प्रशान्त ताम्रकार, सुनिल थापा, विल्सन विक्रम राई, बुद्धि तामांग लगायत कलाकारको अभिनय छ । भुवन केसीको निर्माण रहेको ‘क्याप्टेन’ को कथा पनि निर्देशक भट्टराईकै हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha