साम्तेनको ‘चच हुई’मा आर्यन र मिरुनाको जोडी

साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको फिल्म ‘चच हुई’मा नायक आर्यन सिक्देल र मिरुना मगर फाइनल भएका छन् । साम्तेनले पहिलो पटक आर्यन र मिरुनासँग काम गर्न लागेका हुन् ।

‘लेटर’ फिल्मबाट निर्देशनमा डेब्यु गरेका सान्तेनले तान्द्रो, अनागत, सुस्केरा र साढे सात निर्देशन गरिसकेका छन् । उनको हरेक फिल्ममा कथावस्तु फरक भएता पनि उस्तै फिल्म निर्देशन गरिरहेको आरोप लागेको छ । तर उनले यो फिल्म कमेडी जनरामा निर्माण गर्ने भएका छन् । उनको कमेडी फिल्मको छायांकन अवधि लामो भने छैन । यसै साताबाट छायांकन सुरु गरिने फिल्मको वैशाख अन्तिममा छायांकन सकिने छ ।

एजीएम इन्टरटेनमेन्टको ब्यानरमा फिल्मलाई अमृत घले लामाले निर्माण गर्नेछन् । फिल्ममा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहनेछ । रोशनको संगीत रहेका गीतहरुमा लुटको उध्रेको चोली र जात्राको नोट नोटले चर्चा पाएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha