‘दि ब्रेकअप’मा आशिरमान र शिल्पाको प्रशंसा

फागुन १७ गते देखि ‘दि ब्रेकअप’ फिल्म प्रर्दशन भइरहेको छ । व्यापार जे जस्तो भएपनि फिल्मले दर्शकको सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।

हेमराज विसीले निर्देशन गरेको फिल्म ‘ग्याङ स्टार ब्लूज’बाट डेब्यु गरेका आशिरमान देशराज जोशी दोस्रो फिल्म ‘दि ब्रेकअप’ मा लभर बोईको रुपमा प्रस्तुत भएका छन् । उनको पहिलो फिल्मले सफल व्यापार गर्न सकेन । तर यो फिल्मबाट उनी फिल्मकर्मीको नजरमा पर्न सफल भए । ‘ग्याङ स्टार ब्लूज’ काट्मार भएको फिल्म भएर दर्शकले मन नपराएको निर्देशक र आशिरमानको भनाई थियो । उनीहरुको यो भनाईलाई दि बे्रकअपले सहि सावित गरिदिएको छ । आशिरमान र शिल्पासँग गरिएको रमाइलो कुराकानी हर्नुस् :

यो फिल्ममा आशिरमानको कामलाई दर्शकले रुचाएका छन् । यसै फिल्मबाट डेब्यु गरेकी नायिका शिल्पा मास्के दर्शक र फिल्मकर्मीको मन जित्न सफल भएकी छिन् । दर्शकले उनको अभिनयलाई रुचाएका छन् । पहिलो फिल्ममा नै राम्रो अभिनय गरेकी शिल्पाको चैत ८ गते ‘कागज पत्र’ फिल्म प्रर्दशन हुँदैछ । ‘दि ब्रेकअप’मा मुख्य भुमिकामा रहेका रेमन दास र ईच्छा कार्कीको अभिनयलाई पनि दर्शकले राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha