‘पुरुषलाई महिलाको आक्रमक रुप मनपर्छ’: कंगना

–एजेन्सी
बलिउड अभिनेत्री कंगना रनावतले हालै रिलेशनशिपको बारेमा खुलेर कुरा राखेकी छिन् । एक मिडियासँगको कुराकानीमा उनले लैंगिकता, राष्ट्रियता, प्रेम जीवन, विवाह, करण जोहर र ऋतिक रोशनसँगको विवाद बारे खुलेर कुरा राखिन् ।

उनले रिलेशनशिपमा रहेको कुरा बताइन् । उनले भनिन, ‘अहिले म सिंगल छैन । मेरो जीवनमा कोहि स्पेशल व्यक्ति छ । जसले मेरो हरेक काममा समर्थन गरिरहेको छ ।’ उनले रिलेशनमा रहेको कुरा बताए पनि कोसँग डेट गरिरहेको कुरा बताइनन् ।

कंगना जहिलै आंक्रमक मुडमा रहनुको कारणबारे भनिन, ‘हो म जहिलै आंक्रमक मुडमा रहन्छु । मलाई लाग्छ, पुरुषलाई महिला आक्रमक रुपमा रहेको मनपर्छ ।’ उनले ऋतिक रोशनप्रति निकै आक्रोश जताइन । उनले नाम नलिएर भनिन, ‘हाम्रले पाँच वर्ष फिल्ममा सँगै काम गरेको छौं । कृषमा तीन वर्ष काम गरेको छु । तर अहिले आएर मलाई चिन्दिन भन्दा अचम्म लाग्छ । मलाई कोहि फिल्मकर्मीहरुको समर्थन चाहिदैन । म कुनै खानसँग फिल्म खेल्दिन । मैले आज जुन सफलता पाएको छु आफ्नै आत्म विश्वासले पाएको छु ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha