शिवरात्रीको रंगमा राजेश हमाल देखि प्रमोद खरेलसम्म

नेपालमा महाशिवरात्री विशेष रुपमा मनाइन्छ । पशुपतिनाथमा बिहानै देखि श्रद्धालु भक्तजनको भिड लागि रहेको छ । सर्वसाधरणले जुन उत्साहले शिवरात्री मनाउँदै छन् । कलाकारलाई पनि शिवरात्रीले छोएको छ ।

नेपालका कलाकारहरुले फेसबुकमा शिवजीको फोटो पोस्ट गर्दै हरहर महादेवको नारा लगाएका छन् । सामाजिक सञ्जाल आज भक्तिमय भएको छ । महानायक राजेश हमालले आफैलाई शिवको रुपमा प्रस्तुत गरेका छन् । हमालले उनकै अनुहारमा बनेको ट्रोल सेयर गरेका छन् । सामाजिक सञ्जालमा दीपक राज गिरीको शिवप्रति भक्तिभाव प्रकट भएको छ । उनले लेखेका छन, ‘पिडाहरूलाई कालकुट विष झै पिउन सिकाइदेऊ दुश्मनलाई सर्पझै बसमा राखि जिउन सिकादेउ ! हरहर महादेव !’

हास्यकलाकार निर्मल शर्माले फिल्मकर्मीप्रति व्यग्य गर्दै लेखेका छन, ‘नाम दाम दुवै टन्नै हुन्छ भनेकै भरमा हाम फालेर हाल सजाय भोगिरहेका एक सक्कली सौखीन चलचित्र निर्माता ! आउँदै गरेका अनि तयार हुँदै गरेका अन्य सदस्यहरुलाई पनि क्लबमा स्वागत छ है शुभदिन महाशिवरात्री ।’

यसै गरी गायक प्रमोद खरेलले पनि शिवको अगाडी आफ्नो फोटो पोस्ट गर्दै लेखेका छन, ‘जय भोले, जय शम्भो… शिवरात्रीको पावन अवसरमा सम्पुर्णलाई हार्दिक हार्दिक शुभकामना ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha