प्रदीप र जसिताको ‘लभ स्टेशन’ ट्रेलर रिलिज

फिल्म ‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर हेर्नुस् :

ट्रेलरमा नायक प्रदिप खड्का गायकको भूमिकामा प्रस्तुत भएका छन् । लभ स्टोरी फिल्ममा प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, सरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, रेशु खरेल, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायत कलाकारको अभिनय रहेको छ । फिल्मको कथा सुवाष सिंह बस्नेतले तयार पारेका हुन् ।

A004_C032_01302I

उज्जवल घिमिरेले निर्देशन गरेको फिल्मलाई गोविन्द शाही, क्रिशु शाही (काफिया) र कविरविक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाले छायांकन गरेको फिल्मलाई अर्जुन जिसी र लोकेश बजार्चायले सम्पादन गरेका छन् । फिल्ममा एक्सन कुमार श्रेष्ठको, कोरियोग्राफी शिशिर खत्रीको, संगीत शम्भुजीत बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको रहेको छ । फिल्म चैत्र २२ गते देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha