‘नम्रता दिदी भए ‘मेरो एउटा साथी छ २’ खेल्छु’ : अनमोल

अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ प्रर्दशन भइरहेको छ । यो फिल्मले दर्शकको रामै्र प्रतिक्रिया पाएको छ । मंगलबार साँझ बिग मुुभिजमा राखिएको ‘सेलिब्रटी शो’मा कलाकारहरुको बाक्लो उपस्थिति थियो । भिडियो हेर्नुस् :

उक्त शोमा अनमोल केसी नायिका नम्रता श्रेष्ठसँग देखिए । नम्रताले अनमोलको कामको तारिफ गर्दै भनिन, ‘उसले ‘कृ’मा निकै मिहेनत गरेको थियो । यो फिल्ममा उसको मिहेनत देखिएको छ ।’ नम्रताले अनमोलसँग राम्रो मित्रता रहेको समेत खुलाइन् । अनमोलले नम्रतासँग फिल्म खेल्ने चाहना भएको बारम्बार बताउँदै आएका छन् । तर यो मौका अहिले सम्म जुरेको छैन । नम्रता श्रेष्ठ स्टारर फिल्म ‘मेरो एउटा साथि छ’को सिक्वेल बन्ने भर्खरै घोषणा भएको छ । यो फिल्मको निर्देशनको जिम्मा दिनेश राउतले लिएका छन् ।

यदि ‘मेरो एउटा साथि छ २’को अफर आयो भने गर्नु हुन्छ भन्ने प्रश्नमा अनमोलले भने, ‘यदि त्यो फिल्ममा नम्रता दिदि हुनुहन्छ भने गर्छु ।’ यसै फिल्मको बारेमा नम्रताले भनिन्, ‘यो फिल्मको स्क्रिप्ट तयार हुँदैछ । कस्तो बन्छ त्यो अनुसार कुरा होला । यो फिल्ममा मलाई र अनमोललाई लिने नलिने निर्देशक दिनेश राउतलाई नै सोध्नु पर्छ ।’

यो फिल्ममा नम्रता श्रेष्ठ दोहोरिने प्रबल सम्भावना रहे पनि अनमोल अन्बन्धित हुन्छ कि हुँदैन त्यो भने कुर्नु पर्छ । तर हाल मेरो ‘एउटा साथि छ २’मा नायक धिरज मगरको सम्भावना बढि देखिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha