‘पसिना’ गीतमा छुल्ठिमको ठुम्का (भिडियो)

फिल्म ‘पसिना’को ‘सुनैको दरबार’ बोलको गीत सार्वजनिक भएको छ । मिना पोखरेल निरौलाको स्वर रहेको गीतमा अभिनेत्री छुल्ठिम डोल्मा गुरुङको नृत्य रहेको छ । गीत हेर्नुस् :

आर. बि खत्री ‘शरद’को शब्द रहेको गीतमा दिपक शर्माको संगीत रहेको छ । कोरियोग्राफी राजिव समिरको रहेको छ । फिल्ममा गौरव पहारी, अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, जयनन्द लामा लगायत कलाकारको अभिनय रहेको छ ।

आर. बि खत्री ‘शरद’को लेखन तथा निर्देशन रहेको फिल्मलाई शान्ता ढकाल, राम बहादुर खत्रीले निर्माण गरेका हुन् । राम केसीले छायांकन गरेको फिल्मलाई नविन निरौला र भरत रेग्मीले सम्पादन गरेका छन् । राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत रहेको छ भने देव महर्जनको द्वन्द्व रहेको छ । फिल्म वैशाख २७ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha