‘प्रदिपको सल्लाह लिन्छु तर निर्णय मेरै हुन्छ’: जसिता

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको प्रेम सम्बन्धको चर्चासँगै प्रदिपले जसितालाई अरुसँग फिल्म खेल्न रोक लगाएको आरोप छ । प्रदिप र जसिताले ‘लिलिबिली’ पछि लभ स्टेशन मा सँगै काम गरेका छन् ।

‘लिलिबिली’बाट डेब्यु गरेकी जसिता फिल्म क्षेत्रमा सम्भावना रहेकी नायिकाको रुपमा हेरियो । तर कुनै पनि फिल्मकर्मीले उनलाई अनुबन्धित गराउन सकेनन् । लभ स्टेसन फिल्म मार्फत प्रदिपले उनलाई फिल्म क्षेत्रमा फर्काए । यतिबेला जसिता रेनशा वान्तवा राईको फिल्म ‘आइ एम् ट्वान्टी वान’ काम गर्न लागेको चर्चा छ । यो फिल्ममा धिरज मगर फाइनल भइसकेका छन् । जसितासँग कुराकानी भइरहेको छ । लामो समयसम्म फिल्ममा काम गर्ने फाइनल नभएपछि यसको दोष प्रदिप खड्कालाई गएको छ । तर प्रदिपले जसितालाई कुनै फिल्म गर्न नरोकेको दाबी गरे । उनले भने, ‘लिलिबिली र लभ स्टेसनमा पनि जसितालाई टीमले लिनु भएको हो । अहिलेसम्म ल्याउने र अरु फिल्ममा जान नदिने भन्ने कुरामा मेरो संलग्नता छैन ।’ भिडियो हेर्नुस् :

त्यस्तै, नायिका जसिताले प्रष्ट्याउँदै भनिन, ‘आइ एम् ट्वान्टी वान लागि रेनशा म्यामसँग कुराकानी भइरहेको छ । उहाँहरु अहिले स्क्रिप्ट तयार पार्दै हुनुहुन्छ । स्क्रिप्ट मन पर्याे भने साइन गर्छु । म सल्लाह प्रदिपको मात्र होइन सबैको लिन्छु तर फिल्म खेल्ने नखेल्ने निर्णय मेरै हुन्छ । यसमा उहाँको केहि संलग्न छैन ।’ के प्रदीपको सल्लाहमा जसिताले रेनशाको ‘आइ एम ट्वान्टी वान’ खेल्लिन् त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha