‘दि ब्रेकअप’की ईच्छा कार्कीले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

‘दि ब्रेकअप’की नायिका ईच्छा कार्कीको बिहिबार इन्गेजमेन्ट भएको छ । उनले पे्रमी रजत खड्कासँग लाजिम्पाटस्थित नेपाली चुलोमा औंठी साटेकी गरेकी हुन् ।

ईन्गेजमेन्ट पश्चात ईच्छाले फेसबुकमा एक भिडियो सार्वजनिक गरेकी छन् । उनले इन्गेजमेन्टमा सहभागि हुने सम्पूर्णलाई धन्यावाद प्रकट गरेकी छन । उक्त इन्जेगमेन्टमा फिल्म क्षेत्रका उनी सहकर्मी परमिता आरएल राना, प्रियंका एमभी, सारुक ताम्राकार, सन्ध्या केसी लगायतका कलाकार उपस्थित थिए ।

ईच्छा र रजत असारमा बैवाहिक बन्धनमा बाधिदैछन् । प्रदर्शनरत फिल्म ‘दि ब्रेकअप’मा ईच्छाले सह नायिकाको भूमिका निभाएकी छन् । यो उनको पहिलो फिल्म हो । ईच्छा र रजतलाई बैबाहिक जीवनको अग्रिम शुभकामना ! ‘दि ब्रेकअप’ का हिरो आशिरमान जोशी, हिरोइन शिल्पा मास्के र ईच्छासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha