‘कंगनाको जस्तो बोल्ने क्षमता छैन’ : आलिया भट्ट

–एजेन्सी
बलिउड अभिनेत्री कंगना रनावतले ‘मणिकर्णिका’ फिल्मको सक्सेस पार्टीमा आलिया भट्ट, रणबीर कपूर र रणवीर सिंहलाई राजनीति कुरा नगर्दा गैरजिम्मेदार भनेकी थिइन ।

यसै कुरालाई खण्डन गर्दै आलियाले भनिन्, ‘म हरेक पक्षको विचार गर्छु । तर त्यस्ता कुराहरु आफैमा राख्न रुचाउँछु । म कंगनाको निकै इज्जत गर्छु । किनकी जति उहाँसँग बोल्ने क्षमता छ त्यति मसँग छैन ।’

उनले थप्दै भनिन, ‘हुन सक्छ कंगना सहि छिन् । किनकी उनको जसरी हरेक मुद्धामा कोहि पनि कुरा गर्दैनन् । हामी आफुले आफैलाई बोल्नबाट रोक्छौ । यो उनीहरुको मुद्धा हो हामी किन बीचमा पर्ने भन्ने सोच्छांै । मेरो बुबा पनि भन्नु हुन्छ, यो दुनियाँ विचारले भरिएको छ । यो संसार तिम्रो विचार बिना पनि चल्छ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha