‘जानी नजानी’ का हिरो-हिरोइनको लिपलक रिलिज

रिलिजको मुखमा फिल्म ‘जानी नजानी’ का नायक मनिष श्रेष्ठ र नव नायिका निरिशा बस्नेतबिचको चुम्बनयुक्त तस्बिर सार्वजनिक गरिएको छ । सार्वजनिक तस्बिरमा मनिष र निरिशाले एक अर्कालाई ओठमै चुम्बन गरेका छन् ।

चैत १ गतेदेखि प्रदर्शनमा आउने जानी नजानी को प्रचार प्रसारलाई सहयोग पुग्ने हेतुले हिरो र हिरोइनको यस प्रकारको तस्बिर सार्वजनिक गरिएको आँकलन गर्न सकिन्छ । बसन्त अधिकारीले निर्देशन गरेको फिल्ममा मनिष र निरिषासँगै सुमि मोक्तान, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायत कलाकारहरुको अभिनय रहेको छ । मनिष, निरिशा र सन्नीसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

सागर काजी माली र मोदनाथ खनालले निर्माण गरेको फिल्ममा कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाको रहेको छ भने कोरियोग्राफी कविराज गहतराज, प्रविन सिंह, शिशिर खातीको रहेको छ । संजय लामाले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha