नायिकासँग नाम जोडिएपछि निर्देशक चाम्सको आक्रोश

फिल्म बिर बिक्रम २ को छायाँकन सुरु नहुँदै निर्देशक मिलन चाम्स र नायिका बर्षा सिवाकोटी बिच प्रेम रहेको गाईंगुँईं चलेको थियो । छायाँकन सकेर प्रदर्शन मिति तय भएपछि त निर्देशक र नायिकाको प्रेम चर्चा गसिपकै बिषय बनिरहेका छन् । यसैबिच निर्देशक चाम्सले घुमाउरो शैलीमा नायिका सिवाकोटीसँग प्रेम चर्चा हुँदा आक्रोश व्यक्त गरेका छन् ।

चाम्सले शनिबार आफ्नो फेसबुकमा प्रेमको गसिपलाई लिएर लामो स्टाटस लेखेका छन् । उनले आफ्नो प्रेम सम्बन्धका बारे हल्ला फैलाउने व्यक्तिहरुलाई व्यंग्य गर्दै लेखेका छन, ‘केही बर्ष अगाडी मेरो फुफुसँग एउटा कार्यक्रममा जादाँ मेरो गर्लफ्रेण्ड भनेर हल्ला फिजाएछ बिचारा छोटो दिमाग भएका हरुले…एक चोटी मामाको छोरी मेरी बहिनीलाई पनि मेरो गर्लफ्रेन्ड भनेर अर्को हल्ला फिजाएछ विचार जङली हरुले…. त्यसपछी पनि कती हो कती । अहिले फेरी सुन्दैछु अर्को हल्ला । कुनै दिन तपाईं कै बहिनी, श्रीमती अथवा कोही आफन्तसँग कामको शिलशिलामा संगै देख्नु होला त्यति बेला के भन्नु हुन्छ जङलीहरु । संसारमा हामी जस्तो कुरा काट्ने, खुट्टा तान्ने, डाहा र धेरै जान्ने कोही छैन । धेरै राम्रा कुरा बाहेक यि सब हामी नेपालीको परिचय नै हो, तर चरित्र हत्या गर्नु भनेको के हो भनेर थाहा छैन भने मुलुकी अपराध (संहिता )ऐन २०७४ हेर्नु….३०६ को उपदफा …ले के के भन्छ र त्यो गरे बापत ३०७ को १ र २ ले के भन्छ कृपया पढ्नु होला ।’ भिडियो :

उनले कुरा काट्नेहरुको लागि नोट सहित लेखेका छन्, ‘अब दिमाग हुनेहरुले दिन भर गल्ली गल्ली मा बहस गर्नेछ र चिया खाँदै भन्ने छ केटोले कडा दियो अब यसलाई ठीक पार्नु पर्छ अनि फेरि पातलाई जबरजस्ती मुखले फुकेर हल्लाउन सुरु गर्नेछ ।’ चाम्सले निर्देशन गरेको फिल्म विर विक्रम २ जेठ ३ गते रिलिज हुँदैछ । फिल्ममा बर्षासँगै नायक पल शाह र नाजिर हुसेनको मुख्य भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha