निरुता सिंहलाई डेंगु, मुम्बईमा उपचार हुँदै

नायिका निरुता सिंहलाई डेंगु भएको छ । उनको यतिबेला मुम्बईमा उपाचार भइरहेको छ । केही समय अगाडि फिल्म ‘क्याप्टेन’को प्रमोशनका लागि नेपालगञ्जमा पुग्दा उनलाई डेंगु भएको हो ।

लामो समयदेखि रुघा र खोकीले ग्रस्त निरुतालाई मुम्बई फर्किएपछि मात्र डेंगु लागेको जानकारी भएको हो । निरुता केही दिनदेखि उनको मुम्बइमा उपचार भैरहेको छ । निरुताले अभिनय गरेको चलचित्र ‘दाल भात तरकारी’ वैशाख १३ गतेबाट रिलिज हुँदैछ । निरुता सिंह र भुवन केसीसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

दालभात तरकारीको डविङ सकाएर निरुता मुम्बई गएकी थिइन । नायक अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को ‘कर्ली कर्ली कपाल’ बोलको गीत छायांकनको क्रममा उनी पुनः नेपाल आइन् । निरुताले क्याप्टेन फिल्मको प्रचार प्रसारमा निकै दौडधुप गरिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha