‘क्याप्टेन’ समिक्षकलाई भुवन केसीको यस्तो जवाफ

अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ दोस्रो हप्तामा प्रर्दशनरत छ । दोस्रो हप्तामा पनि फिल्मले दर्शकको राम्रो साथ पाइरहेको निर्माता भुवन केसी बताँछन् । सोमबार उपराष्ट्रपति नन्दकिशोर पुनले क्याप्टेनको प्रशंसा गरे ।

दर्शकको राम्रो साथ पाएको बताउँदै निर्माता भुवन केसीले फिल्मको लगानी सुरक्षित रहेको दाबी गरे । समिक्षकको राम्रो साथ नपाएपछि क्याप्टेन टिमले समिक्षकको आलोचना गरेका छन् । निर्माता केसीले सोमबारको शोमा भने, ‘हामीले फिल्म धेरै बनाउँछौं । तर हामी जहिले हिन्दी फिल्मको कपि गरेको छ भने प्रभावित हुन्छौं । हाम्रो दर्शकहरु हेर्न जानु हुन्छ, हाम्रो समिक्षकहरुले तारिफ गर्नु हुन्छ । जब एक राष्ट्रियता बोकेको फिल्म बन्छ । केहि समिक्षकहरुले कुरा काट्नु हुन्छ । यस्तो फिल्म बन्दा समिक्षकले पनि राम्रो दृष्टिले हेर्नु पर्छ ।’

यसै विषयलाई फिल्मका निर्देशक दिवाकर भट्टराईले पनि खण्डन गरेका छन् । उनले भने, ‘उहाँहरुको समिक्षा प्रति मेरो विमति होइन । मैंले फिल्म बनाउँदा दर्शकलाई निराश नबनाई पठाउने हो । टेक्निकल कुराहरुमा केहि त्रुटि भएको छ । तर दर्शकहरुले फिल्ममा देखाएको कथालाई मन पराउनु भएको छ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha