आलियाको सलमान र शाहरुखसँग फिल्म खेल्ने चर्चा

–एजेन्सी
केहि समय पहिला बलिउड सुपरस्टार सलमान खान १९ वर्ष पछि सञ्जय लीला भन्सालीसँग काम गर्दैछन् भन्ने खबर बाहिरिएको थियो । फिल्ममा शाहरुख खान जोडिने चर्चासँगै आलिया भट्टको पनि सम्भावनाको खबर बाहिरिएको छ ।

यो एक लभ स्टोरी ड्रामा फिल्म हो । भारतिय मिडियाअनुसार भन्सालीले यो फिल्म आलियालाई अफर गरेका छन् । आलियाको ‘राजी’ र ‘गली बोई’ हिट भएपछि निकै हाइप बढेको छ । यी दुई फिल्म सय करोड क्लबमा सामेल भएका छन् । आलिया कंलक, ब्रहस्त्र र तख्तमा देखिदै छिन् । आलिया पछिल्लो समय फिल्ममा निकै व्यस्त छिन् ।

उनले भन्सालीको अफरको केहि जवाफ दिएकी छैनन् । आलियाको व्यस्ततालाई मध्यनजर गर्ने हो भने उनी भन्सालीको फिल्ममा नदेखिन पनि सक्छिन् । फिल्मको औपचारिक घोषणा गरिएको छैन । तर भन्सालीले सलमानलाई फिल्म अफर गरेसँगै निकै हाइप बढेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha