हलमा ‘पुरानो बुलेट’, ‘जानी नजानी’ र ‘द म्यान फ्रम काठमाण्डु’

यो शुक्रबार तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । विश्व बजारलाई मध्यनजर गर्दै निर्माण गरिएको फिल्म ‘द म्यान फ्रम काठमाडौं’ र नेपाली फिल्महरु पुरानो बुलेट र जानी
नजानी घरेलु बजारका लागि निर्माण गरिएका हुन् ।

भिषण राईको निर्देशनमा बनेको फिल्म पुरानो बुलेट’ मा अनुप विक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बुको मुख्य भूमिका रहेको छ । अशोक कुमार राई, टिका रमा राई, विरेन सम्बा र दिपेन लिम्बु निर्माता रहेको फिल्ममा सन्तोष राई कार्यकारी निर्माता रहेका छन् । फिल्मको शुक्रबार बिहान प्रेस आयोजना गरिएको थियो । जानी नजानी का मनिष, बर्षा र मालासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

यस्तै लभ स्टोरी फिल्म ‘जानी नजानी’ लाई वसन्त अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा मनिश श्रेष्ठ, निरिशा वस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् । रोशनी केसी प्रस्तुतकर्ता रहेको फिल्ममा सागर काजि माली र मोदनाथ खनाल निर्माताको रुपमा रहेका छन् ।
पेमा डोन्धुपको निर्देशनमा तयार भएको फिल्ममा जोसे म्यान्युल, आन शर्मा, गुलसन ग्रोवर, हमिद शेख, शिशिर वाग्देल, कर्म, निर शाह लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको बिहिबार साँझ भव्य प्रिमियर गरिएको थियो । अनुप विक्रम शाहीसँग गरिएको ८० प्रश्न हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha