प्रर्दशन मिति सार्दै ‘दालभात तरकारी’को शिर्ष गीत रिलिज

फिल्म ‘दालभात तरकारी’को शिर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौं एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिकसँगै फिल्मको प्रर्दशनी मिति हेरफेर गरिएको छ । पहिला यो फिल्मले वैशाख १३ गते सार्वजनिक मिति तय गरेको थियो । प्राविधिकमा समस्या देखाउदै फिल्म वैशाख २० गते रिलिज हुँदैछ । गीतको भिडियो हेर्नुस् :

राजेश पायल राई र स्मृता दहालको आवाज रहेको गीतमा आँचल शर्मा, पुष्प खड्का, निरुता सिंह, हरिवंश आर्चाय फिचर्ड छन् । हरिवंश आर्चायको शब्द रहेको गीतमा सम्भुजित बास्कोटाले संगीत भरेका छन् । संगीत समायोजन रिकेश गुरुङको रहेको भने कोरियोग्राफी प्रविन सिंहको रहेको छ । कमेडि जनराको फिल्ममा निरुता सिंह र हरिवंश आर्चाय जोडीको रुपमा प्रस्तुत भएका छन् । उनीहरुको साथै फिल्ममा आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायत कलाकारहरुको अभिनय रहेको छ ।

मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको फिल्मलाई सुदन केसीले निर्देशन गरेको हुन् । फिल्मको कथा लेखन हरिवंश आर्चायको रहेको छ । रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् । दिर्घ गुरुङले छायांकन गरेको फिल्मलाई मित्र डी गुरुङ सम्पादन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha