‘नेपाल आउँदा खुशी लाग्यो’: गुल्शन ग्रोबर

यहि शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘दि म्यान फ्रम काठमाडौं’ को बिहिबार ललितपूरस्थित लाविम मलमा प्रिमियर गएको थियो । उक्त शोमा सामेल हुनको लागि भारतिय कलाकार गुल्शन ग्रोबर पनि उपस्थित रहेका थिए ।

प्रिमियरमा गुल्शनले नेपालीमा बोल्दै भने, ‘मलाई नेपालमा आएर खुशी लाग्यो ।’ उनले नेपालीमा बोल्दा माहोल रमाइलो बन्न गएको थियो । उनले नेपाली फिल्म उद्योगमा दि म्यान फ्रम काठमाडौं राम्रो फिल्म बनेको बताए । उनले भने, ‘यो फिल्मले नेपाली फिल्म क्षेत्रमा ठूलो योगदान पुर्याउने छ । सबै नेपालीले यो फिल्मप्रति गर्व गर्ने छन् । किनकी इतिहास मै पहिलो पटक हलिउड, बलिउड, कलिउड, ललिउडका कलाकारले एक साथ फिल्ममा अभिनय गरेको छौं । मलाई यो फिल्ममा जोडिन पाउदा निकै खुशि लागेको छ । यसको लागि म निर्देशक पेमा धोन्डुपलाई धन्यवाद दिन चाहन्छु ।’

नेपाली र अंगे्रजी भर्जनमा तयार पारिएको फिल्मलाई शोमा उपस्थित कलाकारहरुले सकारात्मक प्रतिक्रिया दिए । उनीहरुले यो फिल्मले नेपाली फिल्मलाई अन्तराष्ट्रियकरण गरेको बताए । कार्यक्रममा कर्मा शाक्य, आन शर्मा, निर शाह, वर्षा राउत, संजोग कोइराला, शिल्पा मास्के, प्रियंका एमभी, भुवन केसी, नम्रता श्रेष्ठ लगायत कलाकारहरु उपस्थित थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha