‘पुरानो बुलेट हेर्छु भन्ने दर्शक हाम्रा हुन्’: निर्देशक राई

यो शुक्रबार हलमा तीन वटा नेपाली फिल्महरु प्रर्दशनमा आएका छन् । एकै पटक दुई भन्दा फिल्म एकसाथ प्रदर्शनमा आउँदा निर्मातालाई घाटा पर्ने नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि बहस चल्दै आएको छ ।

शुक्रबार कमल पोखरीस्थित कुमारी हलमा राखिएको ‘पुरानो बुलेट’को प्रेस शोमा निर्देशक भिषण राईले तीन फिल्म जुध्दा कुनै फरक नपर्ने बताए । उनले भने, ‘तीन फिल्म रिलिज भए पनि हाम्रो दर्शक आफ्नै हुन्छन् । घरबाटै पुरानो बुलेट हेर्छु भनेर आउने हाम्रो दर्शक हुन । हलमा आएर यो फिल्म हेरौं कि त्यो फिल्म हेरौं भन्ने दर्शक हाम्रो दर्शक होइनन् ।’ फिल्मका अभिनेता अनुप विक्रम शाहीले हलमा एक भन्दा बढि फिल्म लाग्दा दर्शकलाई छनोट रहने बताए । विशेष शोको भिडियो हेर्नुस् :

अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बुले फिल्मप्रति सन्तुष्ट्र भएको बताए । प्रेस शोमा उपस्थित भएका निर्देशक मिलन चाम्सले फिल्म निकै मौलिक बनेको बताए । उनले भने, धेरै पछि राम्रो फिल्म हेर्न पाइयो । फिल्ममा उठाएको पूर्वेली संस्कृति र समाजमा भइरहेको विदेश जान चाहने युवाको कथा एकदमै राम्रो लाग्यो । यो फिल्मको प्रस्तुति एकदमै राम्रो छ । कलाकारहरुको अभिनय जिवन्त रहेको छ । दर्शकहरुले फिल्म मनपराउनु हुन्छ होला ।’ अनुप, बर्षा र मालासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha