स्टार किड देखि निर्माताका प्रेमिकालाई बर्षाको वाण

शनिबार सबेरै नायिका बर्षा सिवाकोटीले आफ्नो फेसबुकमा लामो स्टाटस पोस्ट गरिन् । प्रदर्शनरत फिल्म ‘पुरानो बलेट’की नायिकाले लेखेको उक्त स्टाटस क्षणभरमै चर्चाको विषय बन्यो । आखिर बर्षाले कसलाई हानेकी थिइन् त फेसबुकमा आक्रोशपूर्ण वाण ?

बर्षा लेख्छिन्, ‘न म स्टारकिड न म कसैको गर्लफ्रेन्ड ? न म हिट ब्यानरको रेगुलर मेम्वर ? न म कुनै युटुव च्यानलको अफिसियल हिट एक्टर ? बस् कामको कामको परिचय बनाउँन निरञ्तर एक्लो लागि रहेको विचरा, सो कल्ड रिजर्भ आर्टिस्ट अनि हलसम्म मेरा लागि किन जाने ? वेस्ट अफ् टाइम्स ? फिलिम को त के कुरा गर्नु ? हिट एक्टर हिट मुभी…’

बर्षाको यो वाणी नेपाली फिल्म क्षेत्रका स्टार किड, नायिका र निर्माता तथा निर्देशकको प्रेम जोडी देखि युटुवर सम्मलाई हो । तर किन एकाएक उनले यस प्रकारको स्टाटस लेखिन् भन्ने विषय भने खोजपूर्ण रहेको छ । आफ्नो स्टाटसको व्याख्या बर्षा कसरी गर्छिन्, त्यो भने हेर्न बाँकी छ । बर्षा, अनुप र मालासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha