युकेमा पूजा शर्मालाई वरुण धवणको चुम्बन !

फिल्म ‘सम्हालिन्छ कहिले मन’को लागि युकेमा पुगेकी नायिका पूजा शर्माले बलिउड नायक वरुण धवणलाई भेटेकी छन् । वरुणसँग खिचाएको तस्बिर पूजाले आफ्नो फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।

वरुणसँगको फोटो राख्दै पूजा फेसबुकमा लेख्छिन्, ‘एउटा नम्र र मायालु व्यक्तिसँगको भेट ।’ फोटोमा पुजा निकै खुशि देखिएकी छन् । पूजाको शिरमा वरुणले चुम्बन समेत गरेका छन् । पूजासँग नायक आकाश श्रेष्ठले पनि वरुणसँग फोटो खिचाएका छन् । उनले पनि आफ्नो फेसबुकमा उक्त तस्बिर पोस्ट गरेका छन् । फिल्म ‘स्ट्रिट डान्सर’को छायाँकनका लागि वरुण पनि युकेमै छन् । सम्हालिन्छ कहिले मन र स्ट्रिट डान्सर टिम युकेको एउटै होटल हायत प्लेस वेस्ट लण्डनमा बसिरहेको छ ।

सुर्दशन थापाले निर्देशन गरिरहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को लामो समयदेखि युकेमा छायाँकन भैरहेको छ । फिल्ममा पूजा र आकाशसँगै सोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल लगायतको अभिनय छ । पूजा र आकाशसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha